Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै मन्त्रीको ध्यानाकर्षण


39
Shares

काठमाडौं । कोभिडका कारण एक वर्षदेखि थला परेको पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघ संस्थाले पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

पर्यटन व्यवसायीले लामो समयसम्म श्रमिक बेरोजगार बस्नु पर्ने अवस्था आएको काम पाएका श्रमिकको पनि ज्याला न्यून रहेको भन्दै पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचिकृत गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यस्तै कानून नमान्ने कम्पनीलाई कारबाही गरिनुपर्ने, पर्यटक आफूखुसी पदमार्गमा जाने एफ आइटी टीम्स बन्द गर्नुपर्ने, विकासका नाममा बजेट सिध्याउन पदमार्गमा डोजर चलाउने र प्रकृतिमाथि दोहन गर्ने कार्यको अन्त्य गर्न पनि उनीहरूले ध्यानाकर्षण गराएका छन् ।

पर्यटनमन्त्री ढकालले व्यवसायीको माग सकारात्मक रहेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । प्रतिनिधि मण्डलमा श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक यूनियन लगायतको सहभागिता थियो ।