Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


एमाले केन्द्रीय कमिटी बैठकः चार नेतालाई स्पस्टीकरण सोधिने, सम्पूर्ण अधिकार अध्यक्षमा निहीत


0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ ।

शनिबार बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ । अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।

बैठकले नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनका लागि हाल विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने निर्णय पनि गरेको छ ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले १० औं राष्ट्रिय महाधिवेशन आगामी वर्ष ३ देखि ६ मंसिरमा गर्ने निर्णय लिएको थियो । सोही बैठकले केन्द्रीय समिति विस्तार गरी २ सय ६४ सदस्यीय बनाएको थियो ।

बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्य उपस्थित भएका थिएनन् ।