Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


डा. भट्टराईले प्रधानमन्त्रीलाई दिए बाघको संज्ञा


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टलाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाघको संज्ञा दिनु भएको छ ।

भट्टराई शनिबार टुईट गदै प्रधानमन्त्रीलाई बाघको संज्ञा दिनु भएको हो । ‘ऐलेको यक्षप्रश्न को संग सत्तासमीकरण गर्ने वा को बाट तत्काल बढी लाभ लिने भन्ने हॅुदैहैन,’ भट्टराई लेख्नुहुन्छ ‘अपितु, अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो ?’

भट्टराईले अगाडि आएको बाघलाई पहिले लघारेर पछाडिका स्यालहरूसंग लड्दै गरौंला भन्दै अब कुनै गल्ती नगरौ भनेका छन् । भट्टराई लेख्नुहुन्छ ‘अगाडि आएको बाघलाई पहिले लघारौसपछाडिका स्यालहरूसंग लड्दै गरौंला ! कुनै गल्ती नगरौं !’