२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


जंगली हात्तीद्वारा क्षति


0
Shares

सिन्धुली । सिन्धुली जिल्लाको कमलाखोच स्थित दुधौली नगरपालिकाको सिथौंली र निपानेमा ५ वटा झुण्डमा आएको जंगली हात्तीले क्षति गरेको छ ।

हात्तीले स्थानीयको घरमा पसी धान मकै लगायतका अन्न नोक्सान गरेको छ भने केराको बोटमा पनि क्षति पु¥याएको हो । रातको समयमा चुरे भावर क्षेत्रबाट आउने जगली हात्तीहरुले दुख दिन थालेपछि स्थानीय बासिन्दाहरुलाई रात बिताउन पनि समस्या भएको छ ।

लामो समयदेखि सिन्धुली जिल्लाको कमलाखोच स्थित चुरे वन क्षेत्रमा जंगलि हात्तीले बासस्थान बनाउँदै आएका छन् । यसअघि पनि कमलाखोच क्षेत्रको रानीबास निपाने लगायत स्थानहरुमा जंंगली हात्तीले स्थानीयहरुको घर आवासमा क्षति पु¥याउनका साथै अन्नबाली र फलफूल नोक्सान गर्दैै आएका थिए ।

जंगली हातीका कारण जिल्लामा डेढ दर्जन मानिहसहरुले ज्यान गुमाएका छन् भने हजारौं हेक्टर जमिनहरु बाँझै रहन गएका छन् ।