२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चार करोड बराबरको ओरियन्स कम्पनीकोे सामग्री बरामद


0
Shares

झापा, माघ १३ । प्रहरीले राजश्व छलीको आशंकामा करिब चार करोड मूल्य बराबरको ओरियन्स कम्पनीका विभिन्न सामग्री बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकमा मंगलबार पत्रकार सम्मेलन गरेर वरामद गरिएका सामग्री सार्वजनिक गरिएको हो ।

नेटवर्किङ मार्फत् कारोबार गर्दै आएको ओरियन्स कम्पनीका विभिन्न सामग्री मध्ये ८७ लाख २६ हजार रुपैयाँ बराबरका मात्र विल पाइएकाले राजश्व छलीको आशंकामा प्रहरीले यी सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

झापाको दमक नगरपालिका –६ मा रहेको कम्पनीको गोदाम नै प्रहरीले नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

काठमाडौंको बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रालिबाट केही परिमाणका बस्तु खरिद गरेको र अन्य बस्तु भन्सार तथा राजश्व छली गरी ल्याइएको आशंकामा प्रहरीले ३४ प्रकारका विभिन्न सामग्री सहित दमक – ६ का जितेन्द्र साहलाई पक्राउ गरेको हो ।

साहले पदम गुरुङको घर भाडामा लिएर ओरियन्सको कारोवार गर्दै आएकोे प्रहरीले जनाएको छ ।

केही समानको बिल भएपनि सक्कली भए नभएको यकिन नभएकाले थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेका सामग्री मध्ये डिटक्सी वान, अर्थोवेष्ट, ओ मोरिङ्गा, टोटल एन्टीअक्सिडेन्ट, फ्रुट फाईबर, डाईकेयर, डी लिपो, तुल्सी ड्रप लगायतका रहेका छन् ।