Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


रेमो डिसुजालाई हृद्‍यघात


0
Shares

एजेन्सी । भारतीय चलचित्र निर्देशक एवं कोरियोग्राफर रेमो डिसुजालाई हृद्‍यघात भएको छ । ४६ वर्षका डिसुजालाई जिममा व्यायाम गर्ने क्रममा हृद्‍यघात भएको भारतीय पत्रिका अमरउजालाले लेखेको छ ।

व्यायामको क्रममा मुटु दुखेपछि अस्पताल गएका उनमा हृद्‍यघात देखिएको हो । अहिले उनको अवस्थामा सामान्य छ । डाक्टरहरूले उनको रेखदेख गरिरहेका छन् । ‘जिममा गएर वार्मअप गर्दा अचानक मेरो मुटुमा पीडा भयो, मैले एसिडिटी होला भनेर पानी पिएँ तर दुखाइ कम नभएपछि अस्पताल गयौं,’ घटना भएको दिनलाई सम्झिँदै डिसुजा भन्छन्, ‘डाक्टरले यो ठूलो हर्ट अट्याक हो भन्नुभयो ।’

सामान्य अवस्थामा फर्कन दुई महिना लाग्ने भएको रेमोले बताएका छन् । डाक्टरले उनलाई दुई महिनासम्म आराम गर्ने सल्लाह दिएका छन् । उनले आफ्ना प्रशंसकलाई पनि आफ्ना लागि प्रार्थना गरेकोमा धन्यवाद दिएका छन् ।