
उदयपुर, कात्तिक १५ । उदयपुरमा कोरोनाभाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालिका-७, बेलटार बस्ने ४० वर्षीया महिलाको संक्रमणका कारण मृत्यु भएको हो ।
उहाँको शनिबार बिहान ४ बजे विराटनगरस्थित म्याक्स इन्टरनेसनलमा मृत्यु भएको १ नम्बर प्रदेश स्वास्थ्य सेवा विभाग विराटनगरले जनाएको छ ।
उहाँ कमलपित्त रोगबाट पीडित हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्