Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


बागलुङमा पाँच हजार लिटर बढी घरेलु मदिरा नष्ट


0
Shares

बागलुङ, असोज १३ । बागलुङमा पाँच हजार लिटर बढी अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयअन्तर्गतका प्रहरीचौकी तथा युनिटहरुले बरामद गरेका पाँच हजार २०० लिटर कच्चापदार्थ र ८०० लिटर मदिरा मंगलबार नष्ट गरिएको हो ।

अवैध घरेलु मदिराको कच्चापदार्थमा अखाद्य वस्तुहरु, फलफूलका बोक्रा, महिलाका भित्री वस्त्रलगायतका कपडा तथा कुहिएको खानासमेत प्रयोग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।