Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


स्याङ्जा कालीगण्डकी गाउँपालिका बिर्घामा पहिरोले घर पुरिएर एक जनाको मृत्यु


0
Shares

स्याङ्जा । तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर स्याङ्जामा बिहीबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा विष्णु परियार रहेको वडाध्यक्ष विष्णुप्रसाद पाण्डे (स्यामलाल) ले बताउनुभयो ।

घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।

माथिबाट मेसिनरी पर्खालसहित झरेको पहिरोले बाबुरामको घर र उहाँका दाइ जगतबहादुर दमाईको घर समेत भत्किएको छ।

दुईवटा घर पूर्णरूपमा क्षति भएको पाण्डेले बताउनुभयो। बाबुरामका भाइ मनबहादुरको घर पहिरोको जोखिममा परेको छ।

घरमा सुतिरहेका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्। अहिले प्रहरी, स्थानीय उद्दारकार्यमा जुटिरहेका छन्।