२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सर्लाहीमा बेवारिसे महिला मृत फेला, काभ्रेमा बञ्चरो प्रहार गरि महिलाको हत्या


0
Shares

सर्लाही /काभ्रे । बयलवास क्षेत्रमा केही दिनदेखि बेवारिसे अवस्थामा देखिएकी महिला मृत फेला परकी छन् ।

ईश्वरपुर नगरपालिका–६, बयलवासस्थित सिनेमा हल चौकमा तराई मुलको जस्तो देखिने अन्दाजी ३५÷४० वर्षीया महिला मृत अवस्थामा फेला परेकी हुन् ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । मृतकको हुलिया जिल्लाकै अन्य प्रहरी युनिट र छिमेकी जिल्लाको प्रहरी कार्यालयहरुमा पठाएर परिचय खुलाउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासका प्रहरी निरीक्षक वीरेन्द्र राज गुरुङले जानकारी दिनुभयो ।

यता काभ्रेको नमोबुद्ध नगरपालिका– ८ गैंडापाटी (अधिकारी थुम्का) की एक महिलाको आज बिहान हत्या भएको छ ।

४० वर्षीया सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया भाई बुहारी रन्जना तिमल्सिना अधिकारीलाई आज बिहान बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

रन्जना दाप्चामा रहेको डराउनेपोखरीमा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी हुन् ।

घाँटीमा बन्चरो प्रहार हुँदा रञ्जनाको घटनास्थलमा मृत्यु भएको वडा नम्बर ८ का वडासदस्य मनोज अधिकारीले जानकारी दिनुभयो । घटना लगत्तै प्रहरीले सुदर्शनलाई पक्राउ गरेको छ ।