१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


काठमाडौंबाट सुनसरी पुगेको डाँका समुहका चारजना पक्राउ


0
Shares

सुनसरी । लुटपाट गर्ने उदेश्यले काठमाडौंबाट सुनसरी पुगेको डाँका समुहका चारजनालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।

काठमाडौंबाट टाटा सुमो रिर्जभ गरेर डाँका समुहका ६ जना सुनसरी पुगेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले डाँका समुहका काभ्रेका जीतबहादुर श्रेष्ठ, सनबहादुर लामा, युवराज लामा, कमल लामालाई पक्राउ गरेको इटहरीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

प्रहरीले पत्रकार सम्मेलन मार्फत आज चारैजनालाई सार्बजनिक गरेको हो ।

साउन ९ गते धरानबाट इटहरी आउदै गरेको वसमा एक बृद्धको ९७ हजार ६ सय रुपैया उनीहरुले लुटपाट गरेको प्रहरी अनुसंधानपछि खुलेको छ ।

धरानका होटलमा कोठा लिएर बसेका डाँकाहरुले सुनसरी, मोरङ र झापाजिल्लामा लुटपाटको योजना बनाएको बुझिएको छ ।