Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


डोजर चलाएपछि निर्माणधिन अन्तर्राष्ट्रिय रंगशालाको काम रोकियो


0
Shares

चितवन । चितवनको रामपुरमा निर्माणधिन अन्तर्राष्ट्रिय रंगशालामा लगाइएको अस्थायी बार डोजर लगाएर भत्काएपछि रंगशालाको काम रोकिएको छ ।

रंगशालाको सुरक्षाको लागि लगाइएको बार मंगलबार केही व्यक्तीहरुले डोजर लगाएर भत्काएका थिए ।

उक्त घटना पश्चात् धुर्मुस् सुन्तली फाउण्डेसनले काम गर्ने वातावरण नभएको, कर्मचारीको जिउ ज्यान र  भौतिक सम्पत्तीको सुरक्षा नभएको भन्दै रंगशाला निर्माणको काम तत्कालको लागि स्थगित गरेको हो ।

घटनाको भत्सर्ना गर्दै तत्कालको लागि काम स्थगित गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

काम गर्ने वातावरण नभएसम्म रंगशालाको काम स्थगित रहने उनले जानकारी दिए ।