२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


मेरो बेस्ट फ्रेन्ड अमेरिकाका लागि पनि बेस्ट : पूर्व राष्ट्रपति क्लिन्टन


0
Shares

वासिंटन, साउन १२ । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले अमेरिकी राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी पत्नी हिलारी क्लिन्टनको प्रचार अभियानमा सक्रियता बढाएका छन् ।

हिलारीका पतिसमेत रहेका पूर्वराष्ट्रपति क्लिन्टनले डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा भने, ‘मेरो बेस्ट फ्रेन्ड अमेरिकाका लागि पनि बेस्ट नै हुनेछिन् ।’

सम्मेलनको दोस्रोदिन सम्बोधन गर्दै पूर्वराष्ट्रपति क्लिन्टनले हिलारीको प्रशंसा गरे । उनले लामो दाम्पत्य जीवनमा आफूले हिलारीबाट धेरै उतारचढावमा साथ पाएको जिकिर गर्दै भने, ‘उनी मेरालागि मात्र नभई अमेरिकाका लागि पनि बेस्ट हुनेछिन् ।’ (एजेन्सी)