२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


अफगानिस्तान र पाकिस्तानका आईएस नेता हाफिज सईद खान मारिए


0
Shares

काठमाडौं, साउन २९ । अफगानिस्तान र पाकिस्तानमा अतिवादी इस्लामिक संगठन आईएसका नेता मानिएका हाफिज सईद खान मारिएको दावी अमेरिकाले गरेको छ ।

सईद खान हवाई आक्रमणमा मारिएको दावी अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गरेको हो । यसअघि तालिबानमा आवद्ध हाफिजले अफगानिस्तानमा थुप्रैं डरलाग्दा आक्रमण गराएका थिए ।

आइएसले भने सईद जिउँदै रहेको दावी गर्दै आइएसका अर्का एक वरिष्ठ नेता भने मारिएको जनाएको छ । अमेरिकाले भने जुलाई २६ मा खान मारिएको दावी गरेको छ ।

यसअघि पनि खान मारिएका खबर भने आइरहन्थे । नानगरहार प्रान्तमा अर्का एक कमाण्डर पनि मारिएको बताइएको छ ।

यस ड्रोन आक्रमण तीन दिन पहिले राजधानी काबुलमा शिया मुस्लिमको र्‍यालीमा आइएसले आक्रमण गरी ८० जनाको हत्या गरेको थियो । उक्त ड्रोन आक्रमणमा आइएसको ३० लडाकू पनि मारिएको बताइएको छ । (एजेन्सी)