२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


आपूर्ति विभागको अनुगमनः ३७ प्याकेट पास्ता, चाउमिन र २९ किलो दाल जफत


0
Shares

काठमाडौं, साउन ३२ । आपूर्ति मन्त्रालयको नेतृत्वमा सोमबारदेखि विशेष बजार अनुगमन सुरु भएको छ ।

मंगलबारको बजार अनुगमनमा १२ ओटा टोली उपत्यकाका विभिन्न स्थानमा अनुगमनमा खटिएका थिए ।

आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका निरीक्षण अधिकृत ढुण्डीराज पोखरेलको नेतृत्वमा खटिएको टोलीले मंगलबार कालिमाटीस्थित खुद्रा एवं थोक खाद्यान्न पसलहरुमा गरेको अनुगमनमा दुईओटा खाद्य पसलबाट ३७ प्याकेट पास्ता, चाउमिन र २९ किलो दाल जफत गरेको छ ।

अनुगमनकाक्रममा पास्ता, चाउमिनका म्याद सकिएको एवं दालमा घुन लागेको पाइएको थियो ।

अनुगमनकाक्रममा धेरैजसो खाद्य पसलमा साइनबोर्ड नराखेको, मूल्यसूची स्पस्ट नभएको पाइएको थियो ।

पसलहरुलाई तीन दिनभित्र साइनबोर्ड लगाउन एवं मूल्यसूची राख्न निर्देशन दिइएको निरीक्षण अधिकृत पोखरेलले बताए ।

त्यस्तै, खाद्य एवं अखाद्यपदार्थ एकै ठाउँमा राखिएको पाइएकाले छुट्टाछुट्टै राख्न पनि निर्देशन दिइएको छ ।

उनले अनुगमनमा सबैको सहयोग आवश्यक रहने पनि बताए ।

यसैबीच, मंगलबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले बजार अनुगमन गर्दा सुरक्षण सिल नलगाइएका पिउनेपानीका जारहरु बिक्री गर्ने पानी उत्पादकहरु प्राची स्प्रीङ वाटर सलुसन, ग्रीन बेरी मिनरल इन्डष्ट्रिज, बुढानिलकन्ठ मिनरल वाटर प्रालिमा सिलबन्दी गरेको जनाएको छ ।