१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कुटपिटबाट मृत्यु भएको भन्दै सडकमा उत्रिए स्थानीय


0
Shares

रौतहट, भदौ २७ । रौतहटको चन्द्रपुर नगरपालिका–५ का राधाकृष्ण साहको कुटपिटपछि मृत्यु भएको घटनालाई लिएर पीडित परिवारले सोमबार सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।

मृतकका आफन्त र स्थानीयले छिमेकी मनिर मियाँ अन्सारीले साहलाई कुटपिट गरेको र सोही चोटका कारण उनको मृत्यु भएको भन्दै अन्सारीको घरअगाडि प्रदर्शन गरेका हुन् ।

अन्सारी जनज्योति उच्च माध्यमिक विद्यालयका शिक्षक हुन ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक वीरेन्द्र पासवान नै पीडकसँग मिलेको आरोप पनि पीडित पक्षले लगाएका छन् ।