१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


प्रधानमन्त्रीको भारत भ्रमणलाई नकारात्मकरुपमा लिनु आवश्यक छैन : परराष्ट्रविद् थापा


0
Shares

काठमाडौं, भदौ २९ । परराष्ट्रविद् डा. भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमणलाई शंकाको नजरले हेर्नुभन्दा पनि सरकारात्मकरुपमा लिनुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा भएको एक साक्षात्कारमा उनले ‘प्रधानमन्त्री पुष्पकमल दाहालको भोलिदेखि सुरु हुने भ्रमणलाई नकारात्मकरुपमा लिनु आवश्यक छैन’–भने ।

भारतले नेपालबाट के चाहन्छ भन्ने कुरा विगतले नै देखाएको भन्दै थापाले भ्रमणमा जाने नेपाली नेताले आफ्नो देशको हीतमा काम गर्ने संकल्प गर्नुपर्ने बताए ।

भारतको नेपालप्रतिको धारणामा खासै परिवर्तन नआएको भन्दै उनले प्रधानमन्त्री दाहाललाई राष्ट्रप्रतिको संकल्पमा अडिक रहन आग्रह गरे ।