२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गोसाइकुण्डमा तैरिरहेको अवस्थामा शव फेला


0
Shares

रसुवा, भदौ ३० । रसुवाको धार्मिकस्थल गोसाइकुण्डमा तैरिरहेको अवस्थामा एक पुरूषको शव फेला परेको छ ।

अन्दाजी ४५ वर्षका पुरूषको शव फेला परेको र पहिचान हुन नसकेको रसुवा प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसमेत र चन्दनबारीस्थित नेपाली सेनाको पोष्टबाट नेपाली सेनासहितको टोलीले शव कुण्ड बाट निकालेको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।