
राजविराज, भदौ ३० । भगवान शिव र इन्द्रको पूजा गर्दै मिथिलाञ्चलमा विहीबार अनन्त चतुर्दशी पर्व मनाइँदै छ ।
यस अवसरमा महादेवलाई जल चढाउन सप्तरीको हरिनन्देश्वर महादेव, शम्भुनाथ मन्दिर, भजनेश्वर महादेव मन्दिर, जनकपुरको शिव मन्दिर, सिरेश्वरनाथ, कपिलेश्वरनाथ, जलेश्वरनाथलगायतका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
सप्तरीमा कोसी ब्यारेजबाट काँवरमा बोकेर लगिएको जल शिवालयहरुमा चढाइएको छ ।
पौराणिक कथनअनुसार इन्द्रको रिसलाई महादेवले शान्त पारेको दिनकोरुपमा यो पर्व मनाउने चलन छ ।
आजको दिन महादेवलाई जल चढाए परिवारमा सुख समृद्धि हुने, दुर्घटना हुनबाट जोगिने विश्वास रहीआएको छ ।
प्रतिक्रिया दिनुहोस्