
काठमाडौं, भदौ ३० । भारतको सिक्किममा विहीबार कुमारीको रथजात्रा मनाइएको छ ।
सिक्किमको राजधानी गान्तोकको भानुचोकबाट कुमारी रथयात्रा सुरु गरी नगर परिकमा गराइएको थियो ।
कुमारीको चित्रलाई बज्रयानी तन्त्र र वैदिक विधिबाट पूजा गरी रथमा राखेर नगर परिक्रमा गरिएको थियो । सोही अवसरमा लाखे, पुलुकिसी, भैरव, अष्टमातृका गणलगायत प्रस्तुत गरिएको थियो । बिहान कुमारी पूजासमेत गरिएको थियो ।
सिक्किम नेवाः गुथिले आयोजना गरेको जात्रामा सिक्किमका मुख्यमन्त्रीसहितका अरु व्यक्तिहरुको सहभागिता रहेको थियो ।
गुठीले विगत ६ वर्षदेखि सिक्किममा इन्द्रजात्रा तथा कुमारी रथयात्रा गर्दै आएको छ ।
त्यहाँको राज्य सरकारले यो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्