१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


काठमाडौंमा मोनो रेल संचालनको गृहकार्य तीव्र


0
Shares

काठमाडौं, मंसिर २३ । काठमाडौंमा शहरी पारवहन (मोनो रेल) सञ्चालनका लागि लगानी बोर्डले तीव्रगतिमा गृहकार्य अगाडि बढाएको छ ।

काठमाडौंमा मोनो रेल र मेट्रो रेलको विकास निर्माण र सञ्चालनका लागि अध्ययन गर्ने जिम्मा पाएसँगै बोर्डले गृहकार्यलाई तीव्रता दिएको हो ।

काठमाडौं मोनो रेल सञ्चालनका लागि मोनो रेल कम्पनी प्रालिले प्रस्ताव गरेको छ भने यसले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर त्यसको प्रतिवेदन बोर्डलाई बुझाएको छ ।

बोर्डले उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रस्तावक कम्पनीले निर्देशन दिइएअनुसार प्रतिवेदन बुझाइसकेपछि त्यो प्रतिवेदन हेरेर निर्णय निले बताए । –नेपाल समाचारपत्र दैनिकबाट