Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


संगठित समूहले विद्यार्थीका मागलाई हिंसात्मक राजनीतिक आन्दोलनमा परिणत गरेको पूर्वप्रधानमन्त्री हसिनाकाे आरोप


0
Shares

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले सन् २०२४ जुलाईमा भएको विद्यार्थी आन्दोलन शान्तिपूर्ण नभएको दावी गर्नुभएकाे छ।

नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एशियाद्वारा आयोजित कार्यक्रममा बुधबार ‘भर्चुअल’ रूपमा सहभागी हुँदै पूर्वप्रधानमन्त्री हसिनाले यस्ताे दावी गर्नुभएकाे हाे। पूर्वप्रधानमन्त्री हसिनाले आफ्नो नेतृत्वकाे सरकारले शुरुदेखि नै संवाद र कानूनी प्रक्रियामार्फत समस्या समाधान गर्ने प्रयास गरेको भए पनि संगठित समूहले विद्यार्थीका मागलाई हिंसात्मक राजनीतिक आन्दोलनमा परिणत गरेको आरोप समेत लगाउनुभयाे।

कार्यक्रममा उहाँले पत्रकारका प्रश्नको पनि जवाफ दिनुभएकाे छ । उहाँका छोरा सजिब वाजेद जोय र बंगलादेशका क्रिकेटर शाकिब अल हसन पनि कार्यक्रममा सहभागी भएका थिए । पूर्वप्रधानमन्त्री हसिनाका छोरा सजिब वाजेद जोयले भारतमा आफ्नी आमालाई राष्ट्राध्यक्षसरहको सम्मान र व्यवहार गरिएको दावी गर्नुभयाे।

पूर्वप्रधानमन्त्री हसिनाले आफ्नो सम्बोधनका क्रममा स्वदेश फर्कने प्रतिबद्धता समेत पुनः दोहोर्‍याउनुभएकाे छ। उहाँले आफू यहि वर्ष डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको समेत बताउनुभयाे । समय आएपछि फिर्तीको निश्चित मिति र समय सार्वजनिक गर्ने उहाँले जानकारी गराउनुभएकाे छ। उहाँले आफू जनतामाझ फर्कन चाहेको समेत उल्लेख गर्नुभयाे ।

आगामी डिसेम्बरमा बंगलादेश फर्कने हसिनाकाे योजना