
काठमाडौं, पुस ३ । एसीसी अण्डर नाइन्टिन एसिया कप क्रिकेटमा आज(आइतबार) नेपालले मलेसियाको सामना गर्दैछ ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल आज पहिलो जित निकाल्ने दाउमा छ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक श्रीलंकासँग १ रनको साँघुरो हार वेहोरेको थियो । दोस्रो खेलमा भने नेपाललाई भारतले ६ विकेटले हराएको थियो ।
लगातार दुई हारसहित प्रतियोगिताको समूह चरणबाटै बाहिरिने निश्चित भइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडांई मात्रै हुनेछ ।
उमेर समुहका हरेक प्रतियोगितामा मलेसियालाई स्तब्ध पार्दै आएको नेपालले आजको खेल पनि जित्ने धेरैको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्