Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


लुम्बिनी विकास कोषका ज्यालादारी कर्मचारी आमरण अनशनमा


0
Shares

लुम्बिनी, पुस ४ । लुम्बिनी विकास कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीले आफ्ना मागको सुनुवाइ नभएको भन्दै आमरण अनशन सुरु गरेका छन् ।

लुम्बिनी विकास कोषको व्यवस्थापन पक्षले लामो समयसम्मै आफ्ना माग पूरा नगरेको भन्दै विगतदेखि नै आन्दोलनमा उत्रिएका थिए । कर्मचारीले पाँच बुँदे माग राख्दै कोषको कार्यालय अगाडि टेन्ट टाँगेर आमरण अनशन सुरु गरेका हुन् ।

कोषका सदस्यसचिव अजितमान तामाङलाई बखास्त गरिनुपर्ने, कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीको विगत आन्दोलनको समयको तीन महिना १५ दिनको तलब तुरुन्त दिनुपर्ने, असोज, कात्तिक मङ्सिर महिनाको तलब पनि तुरुन्त दिइनु पर्ने, कोषका सम्पूर्ण पीडित कर्मचारीको बढुवालगायत अन्य सुविधा प्रदान गर्नुपर्नेलगायतका माग ती कर्मचारीको रहेको छ ।

साथै उनीहरुले कोषमा भइरहेको अनियमितता र भ्रष्टचारको अन्त्य गरी कोषमा अनियमितता र भ्रष्टाचार गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्ने तथा भेदभावपूर्ण तरिकाबाट कोषमा कार्यरत कर्मचारीलाई भइरहेको कारबाही तुरुन्त रोक्नुपर्ने माग राखेका छन् । (रासस)