२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मोरङमा ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू


0
Shares

भारतीय सिमानसँग जोडिएका मोरङका दुई नगरपालिकासहित १० वटा गाविसमा सिमा विकास क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमका लागि मोरङमा २० करोड रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय विकास मन्त्रालय सिमा क्षेत्र विकास कार्यक्रमका निर्देशक भुपेन्द्र सापकोटाका अनुसार पाँच वर्षिय योजनाअनुसार छुट्याइएको सो रकम मध्ये यो आर्थिक वर्षमा ३ करोड ४३ लाख १५ हजार रुपैयाँ खर्च हुने छ ।

स्थानीयवासीको आयआर्जन, सीप विकास तथा पूर्वाधार निर्माण बजेट खर्च गरिने बताइएको छ । सिमा क्षेत्र विकास कार्यक्रम लागु भएका नगरपालिकाले एक आर्थिक वर्षका लागि निर्माण गरिने विकास योजना न्युनतम ८ लाख र गाविसले पाँच लाखको बजेट पाउने छन् ।