
धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पहिलो खेलमा नेपाल पुलिसले पूर्वाञ्चललाई २–१ ले पराजित गर्यो ।
पुलिसको जितमा खेलको १९औं मिनेटमा सुमन लामा र ३१औं मिनेटमा बुद्ध तामाङले एक–एक गोल गरे ।
घरेलु मैदानमा पुलिसविरुद्ध कडारुपमा उत्रिएको पूर्वाञ्चलका तर्फबाट विशाल राईले ६९औं मिनेटमा एकमात्र सान्त्वना गोल गरे । जितसँगै पुलिसले ३ अंक प्राप्त गरेको छ ।
त्यस्तै, विहीबारै भएको दोस्रो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३–० ले हरायो । मध्यमाञ्चलको जितमा निरबहादुर आले, रुमेश बर्तौला र श्याम बाबुले एक–एक गोल गरे ।
राष्ट्रिय टिमका बिमल घर्तीमगर र अनिल गुरुङलाई मैदानमा उतारेको पश्चिमाञ्चलले मध्यमाञ्चलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सकेन । जितसँगै मध्यमाञ्चलले पनि ३ अंक बटुलेको छ ।
प्रतिक्रिया दिनुहोस्