
विहीबार समाखुसी फुटसलको ‘फिल्ड’मा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा किकअफ फुटसल ३–२ ले विजयी भयो ।
तर, यसअघि आफ्नै फिल्डमा भएको पहिलो लेगको खेल ४–२ ले गुमाएको किकअफ समग्रमा भने ६–५ ले पराजित भएको हो ।
प्रतिस्पर्धात्मक खेलमा जित हासिल गरेसँगै सामाखुसी फुटसलले फाइनलमा स्थान सुरक्षित गरेको छ ।
सामाखुसीले अब उपाधिको लागि शंखमूल फुटसल र ताहाचल फुटसलमध्यको विजेतासँग खेल्नेछ ।
जितसँगै सामाखुसी फुटसलले रेडबुल फुटसल लिगको पहिलो संस्करणमा कम्तीमा दोस्रो स्थान सुरक्षित गरेको छ ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्