२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विहीबार नेप्से सामान्य सुधारियो


0
Shares

विहीबार नेप्से करिब ५ अंकले सुधारिएर १४ सय ७५ बिन्दूमा पुग्यो । कारोबार सुरुआती समयमा भने नेप्से घटेर १४ सय ६७ बिन्दूमा पुगेको थियो । पछि सच्चिँदै ५ अंकले बढेको हो ।

यसदिन कारोबार भएकामध्ये आधा समूहमा सुधार आयो भने आधा समूहमा गिरावट आयो । टेलिकम सूचीकृत अन्य समूहमा करिब २० अंकको बृद्धि आएसँगै नेप्से सकारात्मक बनेको हो ।

यसदिन १ सय ३८ कम्पनीको ७ लाख ७० हजार बराबर कित्ता शेयर ५० करोड २२ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।