२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


आणविक क्षमता विस्तार गर्नुपर्नेमा अमेरिकी नवनिर्वाचित राष्ट्रपतिको जोड


0
Shares

ट्रम्पले परमाणु हतियारका बारेमा विश्वलाई राम्रो जानकारी नभएसम्म अमेरिकाले आफ्नो परमाणु क्षमता विस्तारित तथा बलियो बनाउनुपर्ने बताएका हुन् ।

आगामी जनवरीमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनाको परमाणु क्षमता बढाउनुपर्ने बताएलगत्तै अमेरिकाले पनि आणविक क्षमता विस्तारित गर्नुपर्ने बताएका हुन् ।

अमेरिकाको हतियार नियन्त्रण एसोसिएसनका अनुसार अमेरिकासँग ७ हजार १ सय परमाणु हतियार छन् । त्यसैगरी रुससँग ७ हजार ३ सय परमाणु हतियार रहेको बताइएको छ ।

ट्रम्पले ट्वीटरमार्फत परमाणु क्षमता विस्तारित तथा बलियो बनाउनु पर्ने बताए पनि उनका प्रवक्ताले भने ट्रम्पले परमाणु हतियारको प्रसार नियन्त्रित गर्नुपर्नेमा जोड दिएको बताएका छन् । (एजेन्सी)