Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


घरेलु मदिरा उत्पादन गर्ने भट्टी नियन्त्रणमा प्रहरी अभियान


0
Shares

मदिरा भट्टी संचालकहरुलाई प्रहरी कार्यालयमा छलफल गराइ लिखितरुपमै भट्टी संचालन नगर्ने प्रतिवद्धता गराएपनि केहीले अवैध रुपमा मदिरा उत्पादन गर्ने भट्टी चलाइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकालले जानकारी दिए ।

चन्द्रपुर नगरपालिकामा १३ वटा भट्टीबाट प्रहरीले दुई हजार लिटर तयारी मदिरा, दुई हजार किलोभन्दा बढी मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, मदिराले भरेको ग्यालन, भाडाकुडा प्रहरीले बरामद गरेको छ ।

चन्द्रपुर नगर क्षेत्रलाई घरेलु मदिरा निषेधित क्षेत्र बनाउन स्थानीय प्रशासनले केहि महिनायता सक्रियता देखाएको हो ।