२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पर्यटन विश्वविद्यालय आफ्नै पालामा बनाउने प्रधानमन्त्री दाहालको घोषणा (भिडियो रिपोर्ट)


0
Shares

तर, नेपालमा पर्यटन विश्वविद्यालय भने हालसम्म निर्माण हुन सकेको छैन । पर्यटन व्यवसायीले पटक–पटक पर्यटन विश्वविद्यालयको माग गर्दै आएका छन् ।

पर्यटन व्यवसायीका गुनासा र माग सुनेपछि हौसिएको सरकारले ढिलै भएपनि नेपालमा पर्यटन विश्वविद्यालय बनाउने घोषणा गरेको छ ।

लामो समयदेखि पर्यटन विश्वविद्यालय बनाउने चाहना राखेका पर्यटन व्यवसायीका सपना अब भने पूरा हुने सम्भावना देखिएको छ ।

व्यवसायीहरुले वर्षैपिच्छे सरकारसँग यही माग गर्दै आएका थिए । अहिले पनि उनीहरु यही माग गर्दै आएका छन् ।

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को साधारणसभामा टानका वरिष्ठ उपाध्यक्ष टासी शेर्पाले पनि सरकारसँग विश्वविद्यालयकै माग गरे ।

माग बुझाइ नसक्दै सरकारलाई पर्यटनको समस्या राखी नसक्दा सरकार फेरिने राजनीतिले उनीहरुका मागले मूर्तरुप लिन सकेको थिएन । तरपनि उनीहरुले आफ्ना माग राख्न छाडेनन् ।

टानको साधारणसभामा पनि यस्तै माग आएपछि पर्यटन क्षेत्रबारे आफूले धेरै कुरा बुझेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पर्वतीय पर्यटनमा नेपाल विश्वकै नमुना र पर्यटन शिक्षाका लागि उपयुक्त गन्तव्य भएको भन्दै पर्यटन विश्वविद्यालय आफ्नै पालामा बनाउने घोषणा गरे ।

टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले विश्व विद्यालयसँगै भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटनले विस्तारै गति लिने भन्दै पर्यटन उद्योगलाई एकद्धार प्रणालीबाट अगाडि बढाउन सरकारसँग माग गरे ।

आर्थिक क्षेत्रको मुख्य मेरुदन्डकोरुपमा रहे पनि चुस्त र भरपरर्दो सरकारी नीति नहुँदा थलिएको भन्दै व्यवसायीहरुले पर्यटन क्षेत्रको विकास गरी छाड्ने संकल्प गरे ।

नेपालमा कृषि र पर्यटनको सम्भावना भएको भन्दै प्रांगारिक कृषि पर्यटनलाई महत्व दिन व्यवसायीहरुले जोड दिए । (एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।