
शनिबार भएको उद्घाटन खेलमा झापाले काठमाडौंको हिमालयन शेर्पा क्लबलाई ‘टाइब्रेकर’मा ५–३ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पेनाल्टीमा झापाका कर्ण लिम्बू, रन्जित धिमाल, बुद्ध चेम्जोङ, रवि थापा र योगेश गुरुङले गोल गरेका थिए ।
हिमालयनका लागि हेमन गुरुङ, रुपेश केसी र भुपाल गुरुङलेमात्र गोल गरे ।
निर्धारित् समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
हिमालयन शेर्पा निर्धारित् ९० मिनेटको खेलको अन्तिम तीन मिनेटमा सम्हालिन नसक्दा पराजित भएको हो । २–१ ले पछाडि परेको अवस्थामा झापाका योगेश गुरुङले गोल गर्दै खेलमा बराबरी गरेका थिए ।
यसअघि, खेलको ३७औं मिनेटमा पुजन उपरकोटीको गोलबाट झापाले अग्रता लिएकामा मध्यान्तरपछि हिमालयनले हेमन गुरुङको गोल र रवि थापाको आत्मघाती गोलले २–१ ले अग्रता लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्