१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


साफ महिला फुटबलको सेमिफाइनलमा नेपाल र भारत भिड्ने


0
Shares

यसअघि लगातार तीन पटक नेपाल र भारतबीच फाइनलमा भेट भएको थियो । त्यसमा तीनै पटक भारत विजयी भएको थियो ।

तर यसपटक भने समूह बी को अन्तिम खेलमा शनिबार आयोजक भारतलाई बंगलादेशले गोलरहित बराबरीमा रोकेपछि गोलअन्तरका आधारमा भारत समूहको उपविजेता बन्दै समूह ए को विजेता नेपालसँगको भेट सेमिफाइनलमै निश्चित भएको हो ।

तीन टिम सहभागी समूह बी मा अफगानिस्तानविरुद्ध भारतले ५–१ र बंगलादेशले ६–० को जित हात पारेका थिए ।

समूह ए मा रहेको नेपालले भने समूह चरणमा भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले पराजित गरेको थियो ।

समूहको दोस्रो स्थानको माल्दिभ्सले फाइनल पुग्नका लागि बंगलादेशसँग खेल्ने र त्यसमा जसले जित हात पारेपछि साफ वुमेन्स च्याम्पियनसीपको फाइनल खेल्ने तेस्रो टिम हुने छ । दुवै सेमिफाइनल सोमबार हुने छन् ।