२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चेल्सीको अग्निपरीक्षा !


0
Shares

खेल टोटनह्यामको मैदानमा नेपाली समयअनुसार राति (विहीबार बिहान) पौने २ बजे हुन लागेको हो ।

यो खेल जितेर टोटनह्याम गोल अन्तरमा म्यानचेस्टर सिटीलाई पछाडि पार्दै तेस्रो स्थानमा उक्लन चाहन्छ भने चेल्सी शीर्ष स्थानलाई अझ फराकिलो बनाउन चाहन्छ ।

चेल्सीले लिगमा लगातार १३ जितको कीर्तिमान रचेको छ ।

टोटनह्यामलाई घरेलु मैदानमा हराउन निकै चुनौती भएकाले चेल्सीको यो खेललाई अग्निपरीक्षाकारुपमा लिइएको छ ।

लिगमा १९ खेलबाट चेल्सीको ४९ अंक छ भने २० खेल खेलिसकेका लिभरपुल, म्यानचेस्टर सिटी र आर्सनलको क्रमशः ४४, ४२ र ४१ अंक छ । टोटनह्यामको भने ३९ अंक छ ।