
नेपाल प्रेस युनियन डडेल्धुराले शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले संसदीय मान्यतामा विश्वास राख्ने दल नेकपा एमालेले संसदलाई असफल बनाउने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।
उनले संसद्मा पुगेको संविधान संशोधनको प्रस्तावमा छलफलमा सहभागी हुन एमालेलाई आग्रह गरे ।
संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दलहरु निर्वाचनमा जानुपर्ने भएकाले पनि संशोधन आवश्यक भएको उनको भनाई थियो
नेता महतले सस्तो लोकप्रियता कमाउने नाममा देशहितविपरितका काम गर्न नहुने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्