
त्रिवि कार्यकारी परिषदको बिहीबार साँझ बसेको बैठकले स्ववियू निर्बाचन कार्यतालिका र निर्बाचन निर्देशिका २०७३ पास गर्दै २०४५ फागुन ५ गते यता जन्मेकालाई मात्रै उम्मेदवारी दिन पाउने निर्णय गरेको छ ।
विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गगाबहादुर थापामगरले भने, ‘२०४५ फागुन ६ गते यता जन्मेकाले मात्र उम्मेदवार हुन पाउने व्यवस्था चुनाव कार्यतालिका तथा निर्देशिका गरिएको छ’, उनले भने, ‘परिषदले स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गर्यो । निर्बाचन मिश्रित प्रणालीबाटै गर्ने निर्णय गरेको छ ।
चुनाव निष्पक्ष र धाँधलीरहित बनाउन विश्वविद्यालयले माघ १५ गतेदेखि कार्यान्वयन हुने गरी स्नातक र स्नाकोत्तरको विद्यार्थी भर्ना कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ ।
-नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्