Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अपहरणको झुटो सूचना दिने पक्राउ


0
Shares

धनगढी, फागुन २५ । आफू अपहरणमा परेको भनी घर–परिवारका सदस्यलाई झुटो सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका–५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ ।

निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानकाक्रममा निज सिंहले भारतको पन्जाब गइ त्यहींबाट आफू अपहरणमा परेकाले अपहरणमक्त हुन रु १५ लाख माग गरी झुटो सूचना दिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढीका स्थानीय व्यापारीसँग लिएको ऋणको कर्जावापत अनादर चेक दिनुपरेको र सोही कारण आफू समस्या पर्ने डरले पञ्जाब गइ त्यहीँबाट घर–परिवारका सदस्यलाई फोन गरेको निजले प्रहरीसमक्ष स्वीकारेका छन् ।

सेती अञ्चल अस्पतालको खरिदार पदमा कार्यरत् सिंहले धनगढीमा आरम्भ फेन्सी नामको पसलसमेत सन्चालन गरेको जनाइएको छ । रासस