२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


१४ वर्षीया बालिका बलात्कृत


0
Shares

रौतहट, फागुन २४ । रौतहटमा पछिल्ला दिनमा बलात्कारका घटना वृद्धि भएका छन् ।

तीन दिन यता एक बालिकासहित दुईजना बलात्कृत भएका छन् । रौतहटको गुजरा नगरपालिका–२ स्थित जंगलमा बिहीबार तीन जनाको समूहले १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनीहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेर फरार भएकाहरुको कपडा र ना५४प ६४६८ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

गत २१ गते राति रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराईको ब्रम्हस्थान मन्दिरमा एक सुस्त मनस्थिति भएकी महिला पनि बलात्कृत भएकी थिइन् । उनलाई बलात्कार गर्ने रौतहटको चन्द्रपुर नगरपालिका– १ निवासी ४५ बर्षीय बिदुर भनिने तेजबहादुर खडकालाई प्रहरीले पक्राउ गरिसकेको छ ।