२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


सुनसहित पक्राउ परेका दुईजना सार्वजनिक


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन २३ । जिल्ला प्रहरी कार्यालय कैलालीले सुनसहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ ।

बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले दुई किलो २३२ ग्राम सुनसहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–३, चिसापानीमा चेकजाँचकाक्रममा बुधबार राति दुई किलो २३२ ग्राम सुन र १० किलो बराबरका चाँदीका सामान बरामद गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ बस्ने रमेशकुमार सैजु र कैलारी गाउँपालिका–५ बस्ने सीताकुमारी चौधरी रहेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए ।

पक्राउ परेका सैजुले धनगढीमा विगत दुई दशकदेखि सुनचाँदी व्यवसाय गर्दै आएका छन् ।

बरामद गरिएको सुन–चाँदीसहित पक्राउ परेकालाई थप कारबाहीका लागि राजश्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिमाञ्चल कार्यालय कोहलपुर बाँके पठाइने जनाइएको छ ।