घर भत्काउन सबैभन्दा धेरै उजुरी काठमाडौं महानगरपालिकामा परेको थियो । महानगरको तथ्यांकअनुसार त्यस बेला जोखिमयुक्त घर भत्काइपाऊँ भन्दै तीन हजार पाँच सय ३८ वटा उजुरी परेका थिए ।
ती सबै उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरियो । तर, प्रशासनले कुनै पहल गरेन ।
काठमाडौं महानगरपालिकाका अधिकृत डा. उत्तरकुमार रेग्मीले उजुरी संकलन गरिएको, तर घर भत्काइएको घटना थाहा नभएको बताए ।
‘महानगरपालिकाभित्रको उजुरी संकलन मैले नै गरेको हुुँ । ती उजुरी सिडिओ कार्यालय पेस गरिएका पनि हुन् । तर, त्यसमा कारबाही गरिएको घटना मलाई सम्झना छैन,’ उनले भने । –नयाँ पत्रिका दैनिकबाट




प्रतिक्रिया दिनुहोस्