मधेस केन्द्रीत दलसँगको सहमतिअनुसार वैशाख १८ भित्र संशोधन विधेयक पारित गरिसक्न बिहीबार नै संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गराउने तयारीमा सत्ता पक्ष थियो । तर विचार गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गर्न लाग्दा नेमकिपाका प्रेम सुवालले कोरमको कुरा उठाएका थिए ।
सभामुखले गणना गर्दा १ सय २८ जनामात्र सांसद उपस्थित थिए । कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्न एक चौथाई सांसदको उपस्थिति चाहिन्छ । त्यसपछि आधा घण्टा बैठक स्थगित गराएर घर पुगेका सांसद र मन्त्रीहरुलाई बोलाइएको थियो ।
कोरम पुगेपछि संसदले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट




प्रतिक्रिया दिनुहोस्