Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


 टर्की संसदद्वारा कतारमा ३ हजार सेना पठाउन मस्यौदा कानुन अनुमोदन


0
Shares

कतारमाथि लगाइएको प्रतिबन्धले कतारी नागरिकमाथि अन्याय भएको बताउँदै तत्काल सहयोगका लागि थप तीन हजारको संख्यामा विशेष सैनिकदस्ता कतार पठाउन दिने मस्यौदा कानुन अनुमोदन गरेको हो ।

यसअघि, टर्कीका राष्ट्रपति रेसेप टैय्यप एर्दोआनले कतारमाथि लगाइएको प्रतिबन्धको आलोचना गर्दै तत्काल समस्या समाधान गर्न मध्यस्तताको भूमिका निर्वाह गर्न तयार रहेको बताएका थिए ।

राष्ट्रपति एर्दोआनले तीन हजार सैनिक इरानको नाका प्रयोग गरेर कतार पठाउन सकिने कानुनी मस्यौदा टर्कीका संसदले पारित गरिसकेको बताएका छन् ।

कतारसँग जोडिएको सबै भू–भाग छिमेकी राष्ट्रले बन्द गरेपछि टर्कीले इरानको समुद्र र भूमि प्रयोग गरेर सैनिक कार्गो विमानमार्फत् पानी र खाद्यान्य कतार पुर्‍याएको जनाइएको छ । यद्यपि, कतारले भने उक्त सहयोग स्वीकार गरिनसकेको बीबीसीले  उल्लेख गरेको छ ।

टर्कीस एसियन स्ट्रार्टिजिक स्टडिज सेन्टरका प्रमुख सुल्येम्यान सेन्सोयले कतारलाई केही राष्ट्रहरुले दन्ड दिएको बताए ।

उनले भनेका छन्–‘मेरो विचारमा साउदी अरब, युएई र अमेरिकाले संयुक्तरुपमा आत्मसाथ गरेको रणनीतिअनुसार कतारले अंगालीरहेको रणनीतिलाई संकटमार्फत् दबाउन ओकेलिरहेको रिस हो ।’

सेन्सोयोकाअनुसार टर्की सरकारले कतार संकट समाधानका लागि दुईपक्षीय तथा बहुपक्षीय कूटनीतिकमार्फत् आफ्नो भूमिका जारी राख्ने कोसिस गरिरहेको छ ।

आतंककारीलाई प्रश्रय दिएको भन्दै सातओटा मुस्लिम बहुल राष्ट्रहरुले कतारसँगको कूटनीतिक सम्बन्धविच्छेद गरेका थिए । कतारले भने आफूमाथि लगाइएको आरोपको खन्डन गर्दै आएको छ ।