
मंगलबार बिहान साढे ३ बजे इलाम नगरपालिका–१, साखेजुङमा ना२ख ८९३२ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर भागेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
झापाको बिर्तामोडबाट हार्डवेयरका सामान लिएर गइरहेको ट्रक आगजनीबाट पूर्ण रूपमा जलेको छ ।
यसैबीच इलाम नगरपालिका–१० को गोदक खण्डमा पनि पिकअप गाडीमा आगजनी भएको छ । झापाबाट सामान लिएर पाँचथरको फिदिम जाँदै गरेको बा१०च ८१९४ नम्बरको पिकअपमा आगजनी भएको हो ।
आगजनीको जिम्मेवारीले हालसम्म कसैले लिएको छैन ।
प्रतिक्रिया दिनुहोस्