२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


८ वर्षीया बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ


0
Shares

गत मंगलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्लीस्थित आफन्तको डेराबाट पक्राउ गरेको हो ।

बमलाई पक्राउ गर्न भारतीय प्रहरीको पनि सहयोग मिलेको प्रहरी सहायक निरीक्षक भट्टले जानकारी दिए । बालिकालाई निरन्तर रक्तस्राव भएपछि आफन्तले घटनाबारे थाहा पाएका थिए । बालिकालाई कोहलपुरस्थित मेडिकल कलेजमा उपचारपछि घर फर्काइएको छ ।

अभियुक्त बमलाई जबर्जस्ती करणी अपराधअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रासस