Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


गोंगबुमा प्रहरीले गोली चलायो


0
Shares

काठमाडौं, माघ ८ । काठमाडौंको गोंगबुमा प्रहरीको गोली लागेर मंगलबार एकजना घाइते भएका छन् ।

हतियारको कारोबार भइरहेको सूचनाको आधारमा खोजीमा निस्किएको प्रहरीले चलाएको गोली लागेर काभ्रेका अभिलास तामाङ घाइते भएका हुन् ।

उनको साथबाट ६ राउन्ड गोली र एउटा पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

तामाङको हाल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।