
सडक विभागको बा २ झ २९६६ नम्बरको जिपले ज ८ प १२६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषाको नानुपट्टी– ७ निवासी ३५ वर्षीय नवीन राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा छन् ।
यसैबीच विषालु सर्पको डसाइबाट सिरहाको सखुवानान्करकट्टी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा अचानक सर्पले डस्दा गाउँपालिका– १ निवासी पर्शुराम सदायका छोरा ११ वर्षीय भागवतको उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको प्रहरी चौकी सीतापुरले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्