९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


सडकमा नाचेको आरोपमा १४ वर्षीय किशोर गिरफ्तार


0
Shares

सामाजिक संजालमा ती किशोर नाचेको भिडियो भाइरल भएपछि प्रशासनले कारवाही अघि बढाएको हो । जेद्दाको व्यस्त सडकमा ती किशोरले सन् १९९० को हिट गीत ‘माकारेना’ मा नृत्य गरेको भिडियो सामाजिक संजालमा पोस्ट भएको हो ।

साउदी प्रशासनका अनुसार ती किशोरको ‘अनुचित सार्वजनिक व्यवहार’ का लागि सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो । ती किशोरको राष्ट्रियता तथा नाम सार्वजनिक गरिएको छैन ।

उनीमाथि मुद्दा चलाइन्छ वा चलाइदैंन भन्ने पनि प्रष्ट भइसकेको छैन । ४५ सेकेन्ड लामो उक्त भिडियो क्लिप सन् २०१६ मा पोस्ट भएको बताइएको छ । (एजेन्सी)