१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


कपिलवस्तुमा ब्राउन सुगरसहित एकजना पक्राउ


0
Shares

मनिष गुप्ता/ईमेज

कपिलवस्तु । ब्राउन सुगर सहित कपिलवस्तु प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

बाणगंगा नगरपालिका– ७ बनगाई मोतिपुरका ३५ बर्षीय जगतराम थारुलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले थारुलाई पक्राउ गरेको जनाइएको छ ।

थारुलाई १।८० मिली ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ईलाका प्रहरी कार्यालय पिपरामा रखि थाप अनुसन्धान कार्य भै रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।