
कैलाली, माघ २ । कुटपिट गरी बन्धक बनाई राखेको अवस्थामा कैलाली गोदावरी नगरपालिका–६ तेघरी घर भई धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित होटल जलसामा हेल्परको काम गर्ने १७ वर्षीय वसन्त भाटलाई प्रहरीले उद्धार गरेको छ ।
उनलाई बन्धक बनाउने कार्यमा संलग्न डोटी पूर्वी गाउँपालिका–२ फुलौट बस्ने २१ वर्षीय चक्र खड्का, धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने १९ वर्षीय कुन्दन जोशी र धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने १९ वर्षीय हर्केश बागलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
सोही होटलमा काम गर्ने चक्र खड्का समेत ६ का जनाले कुटपिट गरी जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरी लगेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा वसन्त भाटलाई बन्धक बनाई राखि कुटपिट गरेको अवस्थामा फेला पारेको हो ।
प्रहरीले उनीहरुको साथबाट से७प ३४४५ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ ।
घटनामा संलग्न अन्य फरार अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्