Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


बन्दीपुरमा सांस्कृतिक महोत्सव हुँदै


0
Shares

दमौली रोटर्‍याक्ट र बन्दीपुर युनेस्कोको संयुक्त आयोजनामा आगामी असोज ७ गते बन्दीपुरमा सांस्कृतिक महोत्सव हुने भएको हो ।

कार्यक्रममा थारु, गुरुङ, मगर, नेवार, ब्राह्मणलगायतका जातजाति तथा सुदूरपश्चिमको संस्कृतिसमेत प्रदर्शन गरिन् बन्दीपुर युनेस्कोका अध्यक्ष टिकाराम पनेरुले बताए ।

बन्दीपुर सांस्कृतिक महोत्सवमा स्वदेशी एवं विदेशी गरी एक हजारजनाको सहभागिता हुने रोटर्‍याक्ट क्लब दमौलीका अध्यक्ष सेखरलाल डोटेलले जानकारी दिए ।

पुरातात्विक र सांस्कृतिक सहर बन्दीपुरको प्रबद्र्धन तथा सांस्कृतिक पहिचान प्रबद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको कार्यक्रमका निर्देशक पवन पौडेलले बताए ।